पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखराको मदरल्याण माविका आइतबार प्लास्टिक प्रदूषणको असरको बारेमा सचेताना कार्यक्रम गरिएको छ । विद्यालयका कक्षा ८ का विद्यार्थीलाई मानवी क्रियाकलापका कारण पोखराको फेवताल कसरी प्लास्टिक प्रदूषणको चपेटामा परेको छ भन्ने पावरप्वइन्टबाट तस्बिर र भिडियो देखाएर सचेतना कार्यक्रम गरिएको हो ।
फेवाताल कसरी पुरिदै र प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने विषयमा केन्द्रित भएर पत्रकार कृष्णमणि बरालले विगत १९/२० वर्ष अघि देखि खिचेका तस्बिर समेटेर पावरप्वइन्ट प्रिजेन्टेसन गरेर विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन गर्न सुझाएका थिए । पोखराको फेवाताल पछिल्लो समयमा सबै भन्दा धेरै प्रदूषणको चपेटामा परेको छ । तालमा मिसिने फिर्के खोलामा जथाभावी फोहोर फ्याँकीदा ताल प्रदूषणको चपेटामा परेको छ ।
पोखराका ताल, नदीको सतहमा प्लास्टिक जन्य फोहोर फैलदा पानीमा पाइने जीव, वनस्पती संकटमा पर्दै गएको बरालले बताए । फेवातालको मुहान क्षेत्रमा पनि बस्ती बिस्तार हुने तर फोहोर व्यवस्थापनमा ध्यान नदिदा मुहान क्षेत्रबाट पनि ताल प्रदूषण बढेको बरालले तस्बिर मार्फत विद्यार्थीलाई देखाउँदै घरबाहिर ताल, नदी, खोला चौरमा घुम्न जाँदा खानेकुरा लिएर गएको प्लास्टिक जन्य फोहोर आफै संग फिर्ता ल्याउन पनि उनले सुझाएका थिए । अहिले गर्मी मौसममा फेवाताल किनारमा घुम्न जानेको भिड लाग्ने गरेको छ । यसरी घुम्न जानेहरुले खानेकुरा लिएर गएको प्लास्टिक लगायतका फाहोर ताल किनारमै फ्याँक्दा कसरी ताल वरपर फोहोर बढेको छ भन्ने पनि तस्बिर मार्फत देखाइएको थियो ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष अंग्रेजी पात्रो अनुसार जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनायन थालिएको हो । सोमबार विश्वभर ५० औं विश्व वातावरण दिवस मनाइदै छ । यो वर्ष प्लास्टिक प्रदूषण विरुद्ध लागौं भन्ने नाराका साथ वातावरण दिवस मनाइदै छ । प्लास्टिक प्रदूषणले विश्व आक्रान्त भएको छ । यसैले विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ । पत्रकार बरालले यही विषयमा केन्द्रित भएर विश्ववातावरण दिवसको अवसरमा मदरल्याण्ड माविमा सचेतना कार्यक्रम गरेका हुन् । सचेतना कार्यक्रममा पत्रकार सागरराज तिमिल्सिना विद्यायका प्राचार्य नरायण बराल लगायतका उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो