पोखरा । अंग्रेजी समाचार पोर्टल रिसेन्टफ्युजन डटकमका सम्पादक रुपनारायण ढकाल २०८० सालको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले घान्द्रुकमा आयोजित औपचारिक समारोहमा ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो ।
अन्नपूर्ण हिमाल आरोहणको ७३ औं वर्षका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ढकाललाई दोसल्ला र सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका थिए । सोही पुरस्कारबाट नेपाल रिपब्लिक मिडिया गण्डकी प्रदेशका व्यूरो प्रमुख सन्तोष पोखरेल पनि सम्मानित भए । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको आयोजक समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।
२५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय ढकाल ह्याप्पी पोखरा डटकममा समेत आवद्ध छन् । उनले यसअघि गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार र पर्यटन पत्रकारिता पुरस्कार लगायत दर्जनौं सम्मान प्राप्त गरिसकेका छन् । पोखरा महानगरपालिका, वडा ३२ सातमुहानेका बासिन्दा ढकालले पोखराबाट प्रकाशित तत्कालिन गगन साप्ताहिकबाट पत्रकारिता सुरु गरेका हुन् ।
यसअघि उनले हिमदूत दैनिक, जनमत दैनिक, पोखरापत्र दैनिक, समाधान दैनिक, आदर्श समाज दैनिक, राजधानी दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, द हिमालयन टाइम्स अंग्रेजी दैनिक र दक्षिण कोरियाको अंग्रेजी भाषाको ओमाई न्यूज इन्टरनेश्नल वेबसाइटका लागि समेत काम गरिसकेका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले ढकाल र पोखरेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । समितिमा आयोजक समितिका मिडिया संयोजक पत्रकार टंकराज अधिकारी, समितिका कानूनी सल्लाहकार अधिवक्ता एवं पत्रकार हरिप्रसाद भट्टराई, समितिका महासचिव दिलिप गुरुङ र अध्यक्ष ललित गुरुङ सदस्य थिए । पत्रकारितका माध्यमबाट अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याएको भन्दै समितिले यो पुरस्कार प्रदान गरेको हो ।
अर्थशास्त्रमा स्नातकोत्तर ढकालले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस इन्ष्टिच्यूट, पोखरा उद्योग वाणिज्य संघ र एच डब्लू के माइन्ज जर्मनी तथा अमेरिकी दुताबास लगायतका संस्थाबाट खोजमूलक, आर्थिक र सम्पादन सम्बन्धी दर्जन बढी तालिमहरु लिएका छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो