मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई

मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई

Miss Magar

काठमाडौँ । यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले जितेकी छन्। काठमाडौँमा शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गरिन्।

कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट ’तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ ?’ भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित भएकी हुन्।

विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताइँन्। ’पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ। संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ’, उनले भनिन्।

यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो भएकी छन्। उनीहरूले क्रमशः रु दुई लाख र एक लाखसमेत प्राप्त गरे ।

कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिजमगर निर्णायकको भूमिकामा थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds