नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

narayangarh mugling

फाइल तस्वीर

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।

२८ घण्टासम्म रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै फेरि आज बिहान सवा ३ बजे पहिरो खसेर सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पानी परिरहेकाले तत्काल पहिरो खुलाउन समस्या भएको प्रहरीको भनाइ छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds