पोखरा । न्यायिक समितिको काम, कर्तब्य र अधिकार बारे जनस्तरमा पु¥याउने उद्देश्यले पोखरा महागनरपालिका न्यायिक समितिले ज्येष्ठ नागरिकसंग न्यायिक समिति कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पोखराका विभिन्न संघसंस्थाको आयोजनासंगको सहकार्यमा ज्येष्ठ नागरिक र विद्यार्थीसंग न्यायिक समिति कार्यक्रम गरेको छ । सोही कार्यक्रम अन्र्तगत नमुना महिला विकास समाजको आयोजनामा पोखरा महानगरपालिका वडा नम्वर–५ प्रस्याङमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रका ज्येष्ठ नागरिकसंग न्यायिक समितिको गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रमको उद्घाटन गदै वडा नम्वर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले स्थानीय तहका विवाद समाधानका लागि न्यायपालिकाको रुपमा न्यायिक समितिको व्यवस्था संविधानले गरेको बताए । उनले ज्येष्ठ नागरिकसंग सम्वन्धि विवाद समेत न्यायिक समितिले गर्ने भएकाले यसको जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिले ज्येष्ठ नागरिकलाई इज्जत अर्मादसंग खान लाउन नदिएमा न्यायिक समितिमा आउन सक्ने बताए । कार्यक्रममा न्यायिक समिति सदस्य भावना श्रेष्ठले न्यायिक समितिको गठन प्रक्रिया र समितिका अभिलेख संरक्षक राममणी अधिकारीले समितिको अधिकार क्षेत्रका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्र पोखरा ५ का अध्यक्ष विश्वनाथ पराजुलीले न्यायिक समितिको कार्यक्रम ल्याएर कानुनका विषयमा जानकारी दिएको भन्दै धन्यबाद ज्ञापन गरे ।
कार्यक्रम नमुना महिला विकास समाज कास्कीका अध्यक्ष दुर्गा खनालको अध्यक्षतामा भएको थियो भने स्वागत कोषाध्यक्ष ज्योति नेपाली र सचिव पार्वती गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन