लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २६ देखी ३३ का वडाध्यक्षहरुले यस क्षेत्रको जग्गाको मुल्यांकन नबढाउने सहमति गरेका छन् ।
वडा नं. २६ को कार्यालयमा सोमबार भेला भएका वडाध्यक्षहरुले मालपोत कार्यालय लेखनाथले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि प्रस्ताव गरेको जग्गाको मुल्यांकन यथावत राख्ने सहमति गरेका हुन्।
मालपोत कार्यालय लेखनाथका प्रमुख नारायण ढकालले आर्थिक बर्ष २०८०/०८१ का लागि लेखनाथ क्षेत्रका जग्गाहरुको बर्गिकरण र मुल्यांकनका बिषयमा धारणा राखेपछि वडाध्यक्षहरुले जनतालाई मर्का पर्ने गरी मुल्यांकनमा संसोधन गर्न नहुने सुझाव दिएका थिए । यता पोखरा महानगरपालिकाको १३ औं नगरसभाले पनि सम्पत्ति तथा मालपोत कर प्रयोजनका लागि चालु आर्थिक बर्षको तुलनामा रोपनीमा ठाँउहेरी केही बढाएर प्रस्ताव गरेको थियो । महानगरले मालपोतकै मुल्यांकनलाई सम्पत्तिकर र मालपोतकरका लागि आधार बनाउँदै आएको छ । लेखनाथ क्षेत्रका पोखरा महानगरका वडाध्यक्षहरुले जग्गाको मुल्यांकन नवढाउने सहमति गरेपछि महानगरलाई भने दवाव सिर्जना हुने भएको छ ।
मालपोत कार्यालय लेखनाथले जग्गाको मुल्यांकनको बिषयमा वडाध्यक्षहरुसँग छलफल गर्नेगरी संयोजन गरिदिन आग्रह गरेकाले वडा नं. २६ मा सवै वडाध्यक्षहरु भेला भएको अध्यक्ष नरेन्द्र थापाले बताए । वडाध्यक्ष थापाले बैठक मालपोतकै मुल्यांकनमा केन्द्रित रहेको उल्लेख गर्दै, चालु आर्थिक बर्षको बिकास निर्माण लगायतका कामका बिषयमा पनि सामान्य छलफल र समिक्षा भएको बताए । अध्यक्ष थापाले भने—“चालु आर्थिक बर्षको बिकास निर्माणमा वडाहरुले गरेका अभ्यास्, कामको गुणस्तर लगायतका बिषयमा अनुभव आदान प्रदान भयो ।”
यस्तै बहानामा सवै अध्यक्षहरु जुट्दा कामको सिकाई, अनुभव र अभ्यास गर्दा राम्रै हुने रहेछ, वडा नं. ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदीले भने—“लेखनाथ क्षेत्रको चिन्तन हुनु स्वभाविक हो ।”
मालपोत कार्यालय लेखनाथका कार्यालय प्रमुख नारायण ढकालले जनप्रतिनिधिहरुको चाहना अनुसारनै मुल्यांकन र बर्गिकरण गरिने भएकाले बर्षको एकचोटी पुनमुल्यांकनका लागि छलफल गरिदै आएको बताए ।
छलफलमा वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापा, वडा नंं २७ का पूर्णकुमार गुरुङ्ग, वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नं. ३१ का अध्यक्ष ढकनाथ कंडेल, वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्की, वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारीको सहभागिता रहेको थियो भने वडा नं. २८ का वडाध्यक्ष अनुपस्थित भएका थिए । वडा नं. २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले आफु काम बिशेषले वडामा व्यस्त हुनु परेकाले भेलामा सहभागि हुन नसकेको उल्लेख गर्दै, जनतालाई मर्का पर्ने गरी जग्गाको मुल्यांकन टुंग्याउन आग्रह गरेको बताए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?