बागलुङमा डोजरको ठक्करबाट एक बालकको मृत्यु

बागलुङमा डोजरको ठक्करबाट एक बालकको मृत्यु

balak

बागलुङ । बागलुङको बडिगाडमा सडक खन्ने क्रममा डोजरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा डोजरको ठक्करबाट स्थानीय भानबहादुर घर्तीका १४ वर्षीय छोरा सुनिलको हिजो बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ