उदयपुर। सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
झापा जिल्ला बिर्तामोड नगरपालिका -५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले उदयपुर कटारी नगरपालिका -४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर तथा ह्वाट्सएप मार्फत ठगी गरेका हुन्।
उनीहरुले सामाजिक संजालबाट मार्फत “तपाईलाई सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको छु, त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउनु” भनि रकम हाल्न लगाएर ठगी गरेका थिए। उनीहरुले ठगी गरेको खुल्न आएपछि विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पश्चात प्रहरीले गरेको अनुसन्धानमा उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको खुल्न आएको छ ।
उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र संगठीत अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा