पाेखरा । जापान पठाएर राम्रो काममा लगाइदिने भन्दै ठगी गरेको आरोपमा पोखराका गिरी दम्पती विरुद्ध उजुरी परेको छ ।
पोखरा वडा नं. २१ निर्मलपोखरी स्थायी घर भएका नारायण गिरी र उनकी श्रीमती ईन्दिरा गिरीले जापानमा मासिक एक लाख ८० हजारदेखि ३ लाखसम्म तलब हुने काममा लगाइदिने आश्वासन दिएर साढे १४ लाख ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको हो ।
प्याकेजिङ काममा १ लाख ८० हजार कमाइने र म्यानेजरमा ३ लाख कमाई हुने भन्दै यहाँका सिधा सोझा युवाहरुबाट गिरी दम्पतीले त्यति धेरै रकम उठाएका हुन् ।

उजुरी अनुसार गिरी दम्पतीले पोखरा २१ कै भाइ नाता पर्ने राजु गिरीबाट ११ लाख ५० हजार र पोखरा ९ का बिक्रम खत्रीबाट ३ लाख लिएका छन् ।
पैसा लिएको ३ वर्ष ४ महिना भइसक्दा पनि जापान नपठाएपछि गिरी र खत्रीले पैसा फिर्ता माग्दा नदिएपछि उजुरी दिन बाध्य भएको पीडितले बताएका छन् । उनीहरुले असाेज २६ गते वैदेशिक रोजगार विभाग काठमाण्डौंमा उजुरी दिएका हुन् ।
नारायण गिरी हाल जापानमा रहेको बताइन्छ । उनकी श्रीमति ईन्दिरा भने काठमाण्डौमै छिन् । यद्यपी उनीहरुले काममा लैजान्नँ, पैसा दिन्नँ भन्दैनन् ।
झण्डै साढे ३ बर्षदेखि अर्को हप्ता, अर्को महिना लैजान्छु भन्दै समय समयमा फेसबुक म्यासेज गरिरहन्छन् ।

नारायण गिरी काठमाण्डौमै रहँदा युवाहरुसँग भेटेका पनि थिए । त्यसपछि विस्तारै सम्पर्क पातालिँदै गयो र फेसबुक च्याटमा सीमित भयो । अब पैसा फिर्ता नदिने देखिएपछि युवाहरु असोज २५ गते ईन्दिरालाई भेट्न काठमाण्डौ पुगे । तर, थेरापी गर्ने बहानामा भेट्न मानिनन् । त्यसपछि बाध्य भएर पीडितहरु विभागमा उजुरी गर्न पुगेका हुन् ।
गिरी दम्पतीले लिएको साढे १४ लाख बैंक ट्रान्जेक्शन मात्रै हो । नगद दिनेहरु प्रमाण नभएकाले अहिलेसम्म मिडियासम्म आइपुगेका छैनन् । अरु धेरै ठगिएको हुनसक्ने आशंका गरिएको छ । यदि गिरी दम्पतिले जापान लैजान्छु भन्दै अन्यहरुलाई पनि ठगेको भए सम्पर्कमा आउन पीडितहरुले अपिलसमेत गरेका छन् ।
यस विषयमा थप बुझ्न गिरी दम्पतीलाई गण्डकन्यूले पटक पटक सम्पर्क गर्न खोज्दा फोनमा सम्पर्क भएन । ईन्दिराले लिएको मोबाइल नं. ९८४३१**५५० मा फोन गएपनि उठाइनन् ।
राजु गिरी र बिक्रम खत्रीले दिएको उजुरी यस्तो छ:

विक्रम खत्रीले इन्दिरा गिरीका नाममा सिद्धार्थ बैंकमा २०२० मार्च १३ तारिखमा डिपाेजिट गरिदिएकाे ३ लाख रूपैंयाकाे भाैचरः

सम्बन्धित खबर
अबदेखि बैंकपिच्छे ‘केवाइसी’ भरिरहन नपर्ने, राष्ट्रिय परिचयपत्रबाटै हुने
घुस डिल प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै, राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणीकरण
प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ- फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुस्
त्रिविको सर्भर डाउन, अनलाइनबाट गर्नुपर्ने कामहरु प्रभावित
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा