वैदेशिक राेजगारीकाे समस्या र बाध्यता भूमिका गिरीको तीज गीतमा [भिडियाे]

वैदेशिक राेजगारीकाे समस्या र बाध्यता भूमिका गिरीको तीज गीतमा [भिडियाे]

नेपाली लोकगीत क्षेत्रकी चर्चित गायिका भूमिका गिरीको नयाँ मौलिक तिज गीत यति बेला सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।

आइतबार मात्रै सार्वजनिक भएको उक्त गत अहिले युट्युव, टिकटक, फेसबुक, इन्ट्राग्राम जस्ता प्लेटफार्महरुमा सर्बाधिक रुचाईएको छ । वैदेशिक रोजगारमा बसेर फर्किएकी चेली र त्यहाँ भोगेका कथा व्यथालाई ‘उजेली जुनेली’ नामक उक्त तीज गीत मार्फत देखाइएको छ । सार्वजनिक भएको केही दिनमा नै यस गीतमा सामाजिक सन्जालहरुमा लाखौँ भ्युज पुगेको छ भने दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

मोडलिङ तथा गायनमा उत्कृष्ट प्रतिभा भएकी गिरी ‘स्टेज क्विन’ को रुपमा चिनिन्छिन् । उनलाई स्वदेश तथा विदेशमा हुने सांगीतिकि कार्यक्रममा जान भ्याइ-नभ्याइ हुने गर्छ । सानै उमेरदेखि कला क्षेत्रमा लागेकी उनको दर्जनौँ गीतहरु निकै चर्चित छन् ।

गीतमा चर्चित गायिका गिरी सँगै सुनिता बुढा क्षेत्रीले पनि स्वर दिएकी छिन् । गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको लय संगीत रहेको छ । वैदेशिक रोजगारीका लागि जान बाध्य हुने नेपाली समाजको युवा पुस्ताको वास्तविक चित्रण भएको गीतको म्युजिक भिडियोमा स्मृति तिलिल्सीना ‘गुरुआमा’ ले निर्देशन र नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

भिडियोमा भूमिका गिरी, पुजन घिमिरे र दीप सागर फिचर्ड छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ