जापानको फुकुओकामा रहेका नेपालीहरु पूरानो सामाजिक संस्था फुकुओका नेपाल सोसाइटी (फुनेसो) को २७ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
सन् १९९५ मा नेपाली समुदायको हकहितमा समर्पित रहने गरी स्थापित संस्थाको अध्यक्षमा इन्द्र प्रसाद घले चयन भएा छन् । उनी अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए । निर्विरोध चयन गरिएको १५ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्षमा रबि बस्नेत र तीन उपाध्यक्षहरुमा अशोक सेढाईं, प्रेमराज दाहाल र दीपक बिक चयन भए । पाेखराका सेढाईं यसअघि सचिव हुन् ।
प्रवक्तामा कृष्णराज भट्ट, सचिवमा उज्ज्वल बानियाँ, सहसचिवमा प्रदीपकुमार राई, कोषाध्यक्षमा भुवनकृष्ण घिमिरे, सहकोषाध्यक्षमा विशाल जिन्वा निर्विरोध चयन भए । सदस्यहरुमा सन्देश राई, मनिषा रावल, शिव बिक, अमित भुषाल र मिसन केसी छन् । अघिल्लो अधिवेशनबाट समितिको कार्यकाल दुई वर्ष लम्ब्याइएको छ ।
प्रमुख अतिथि फुकुओका नेपाल सोसाइटीका संस्थापक अध्यक्ष अरुण बिस्टले २८ वर्ष अघि नेपालीहरुको हकहितका लागि सुरुवात गरेको संस्था अहिले यो उचाईमा देख्न पाउँदा हर्षित भएको उल्लेख गरे । उनले आफ्नो संस्थाका लागि सहयोग सदा रहने बताए ।
कार्यक्रमको सञ्चालन सचिव अशोक सेढाईंले गरेका थिए ।

सम्बन्धित समाचारः
फुकुओका नेपाल सोसाईटीको अध्यक्षमा सिग्देल
पोखराका सेढाईं सचिवमा मनोनित
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज चार्टर्ड विमानबाट नेपाल फर्काइदै
नेपाल कल्याण समाज जापानको अभिभावक भेटघाट कार्यक्रम
अमेरिकाले नेपालीलाई दिँदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति खारेज
लायन्स ३२५ एमको चौथो क्याविनेट बैठक चीनको छेन्दुमा
बेलायतको थेम्स नदीमा नेपाली विद्यार्थी मृत फेला
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ