जापानको फुकुओकामा रहेका नेपालीहरु पूरानो सामाजिक संस्था फुकुओका नेपाल सोसाइटी (फुनेसो) को २७ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
सन् १९९५ मा नेपाली समुदायको हकहितमा समर्पित रहने गरी स्थापित संस्थाको अध्यक्षमा इन्द्र प्रसाद घले चयन भएा छन् । उनी अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए । निर्विरोध चयन गरिएको १५ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्षमा रबि बस्नेत र तीन उपाध्यक्षहरुमा अशोक सेढाईं, प्रेमराज दाहाल र दीपक बिक चयन भए । पाेखराका सेढाईं यसअघि सचिव हुन् ।
प्रवक्तामा कृष्णराज भट्ट, सचिवमा उज्ज्वल बानियाँ, सहसचिवमा प्रदीपकुमार राई, कोषाध्यक्षमा भुवनकृष्ण घिमिरे, सहकोषाध्यक्षमा विशाल जिन्वा निर्विरोध चयन भए । सदस्यहरुमा सन्देश राई, मनिषा रावल, शिव बिक, अमित भुषाल र मिसन केसी छन् । अघिल्लो अधिवेशनबाट समितिको कार्यकाल दुई वर्ष लम्ब्याइएको छ ।
प्रमुख अतिथि फुकुओका नेपाल सोसाइटीका संस्थापक अध्यक्ष अरुण बिस्टले २८ वर्ष अघि नेपालीहरुको हकहितका लागि सुरुवात गरेको संस्था अहिले यो उचाईमा देख्न पाउँदा हर्षित भएको उल्लेख गरे । उनले आफ्नो संस्थाका लागि सहयोग सदा रहने बताए ।
कार्यक्रमको सञ्चालन सचिव अशोक सेढाईंले गरेका थिए ।

सम्बन्धित समाचारः
फुकुओका नेपाल सोसाईटीको अध्यक्षमा सिग्देल
पोखराका सेढाईं सचिवमा मनोनित
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ