सर्पको टोकाइबाट सल्यानका एकजना बालकको दाङमा मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका ७ मामाघरमा गएका १६ वर्षिय मनोज वली रहेका छ ।
गराइच नामक सर्पले घरमा सुतिरहेको अवस्थामा आइतबार राती टोकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
सर्पले टोकेपछि उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको भएपनि उपचारको क्रममा सोमबार बिहान ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनि अध्ययनका लागि तुलसीपुरमा काेठा लिएर बस्थे । आइतबार मात्रै उनि शान्तिनगर ७ स्थित मामाघर गएका थिए । राति सुतेकाे बेलामा सर्पले घाँटीमा टोकेको थियो ।
सोमबार बिहान तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा पुर्याउदा उनको अवस्था सामान्य भएपनि अस्पतालले वास्ता नगर्दा मृत्यु भएको परिवारले जनाएको छ । मृतक बालकका दाइ मुस्कान बस्नेतले अस्पतालमा राम्ररी बाेलिरहेकै भाइ उपचार ढिलाे हुँदा ज्यान गुमाउनुपरेकाे बताएका छन् ।
मृतक मनोज ओली घरका एक्ला छोरा हुन् । ६ महिनादेखि तुलसीपुरमा बस्दै आएका उनी एच.ए. पढ्नकाे लागि तयारी गरिरहेका थिए ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन