बागलुङ बडिगाडको एक होटलमा प्रहरी इञ्चार्ज मृत फेला

बागलुङ बडिगाडको एक होटलमा प्रहरी इञ्चार्ज मृत फेला

mrita fela

बागलुङ । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।

सोमबार राति बडिगाड गाउँपालिका–६ स्थित एक खाजा घरको तल्लो तलामा माथि फर्केको अवस्थामा पौडेलको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले होटल सञ्चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अहिले इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रमुख राजेश अधिकारीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल सिल गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ