पोखरा महानगरपालिका वडा नं -१३ ले निशुल्क रूपमा डेंगु रोगको परिक्षण गर्ने भएको छ।
पछिल्लो समय देशभर डेंगु रोगको संक्रमणमा तीब्रता आएसँगै संक्रमण फैलन नदिन निशुल्क परीक्षण सुरू गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए।
‘वर्षात र गर्मीका कारण विभिन्न रोगहरू फैलिएका छन्, मुलुकभरका विभिन्न ठाउँमा अहिले डेंगुले आक्रान्त बनाउँदै लगेको छ, हामी पनि समयमै यस रोगको परीक्षण गरौँ र संक्रमण फैलन नदिऔं भन्ने उदेश्यले निशुल्क परीक्षण सुरू गरेका हौँ ‘ – वडाध्यक्ष बरालले भने।
उनले सोमबारदेखि नै पोखरा – १३ कुँडहरमा रहेको शहरी स्वास्थ्य केन्द्रबाट निशुल्क डेंगी रोगको परीक्षण सुरू गरिएको हुँदा डेंगुको शंका लागेमा तुरून्त परीक्षण गरेर लाभ लिन र डेंगु रोग लामखुट्टेका कारण लाग्ने हुँदा यस रोगको नियन्त्रणका लागि सरसफाईमा ध्यान दिन, पानी जम्ने खाल्डाखुल्डी नराख्न वडावासीलाई आग्रह गरे।
वडाध्यक्ष बरालले केहिदिन अगाडी वडावासीका लागि पोखराभर निशुल्क एम्बुलेन्स सेवा दिने बताएका थिए।
सम्बन्धित खबर
पोखराको बेगनासतालमा एक युवकको शव फेला
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
माछापुच्छ्रे– ७ मा सडेगलेको अवस्थामा शव फेला
एमाले गण्डकी अधिवेशनको तयारी पूरा, ११ जिल्लाबाट ९०७ जना प्रतिनिधि
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल