नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु

नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु

death body

चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । आज बिहान ७:४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको उपचारका क्रममा बिहान ८ः३६ मा मृत्यु भएको हो ।

नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो । महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds