पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा संन्यासको घोषणा

पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा संन्यासको घोषणा

Gyanendra-Malla

काठमाण्डौ। नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै ज्ञानेन्द्रले सन्यासको घोषणा गरेका हुन्।

उनले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान नियुक्त गरेको थियो। उनी पारस कप्तान रहँदा नेपाली टिमको उपकप्तानको भूमिकामा थिए।

पछिल्लो पटक उनले आइसिसी एकदिवसीय छनोटमा आयरल्यान्डविरूद्ध खेलेका थिए। जिम्बावेको हरारेमा भएको खेलमा उनी ७ रनमा आउट भएका थिए।

उनले क्रिकेटको अन्तर्राष्ट्रिय करिअरलाई पूर्णविराम लगाउन आफ्ना लागि यो उपयुक्त समय भएको आयोजित पत्रकार सम्मेलनमा बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ