पोखरा । मनसुन कप डबल्स टेनिस प्रतियोगिताको उपाधी धरमसिंह लामिछाने र केबी तामाङ्गको जोडीले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नविन श्रेष्ठ र इन्द्र गुरुङ्गको जोडीलाई पराजित गर्दै धरम जोडीले उपाधी रक्षा गरेको हो ।
पहिलो सेटको खेल सुपरटाईमा ८–१० पराजित भएको धरम जोडी दोश्रो र तेश्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै खेल आफ्नों पक्षमा पार्न सफल भए । धरम जोडीले दोश्रो सेटमा ६–० को सहज जित निकाले । तेश्रो सेटको नजिता सुपर टाईमा १०–४ ले निकाल्दै यो जोडीले खेल आफ्नों पक्षमा पारेको हो । प्रतियोगितामा राज गुरुङ्ग इनर्जेटिक खेलाडी घोषित भए ।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक विरेन्द्र लामा, खेलाडी तथा आयोजक संस्थाका सल्लाहकार गोपी भट्टराई लगायतले पुरस्कार प्रधान गरेका थिए । समारोहमा बोल्दै प्रमुख अतिथि कायस्थले पोखरामा सञ्चालन हुने यस्तै प्रतियोगिताहरुले यहाँ उत्कृष्ट खेलाडी उत्पादनमा सहयोगी भएको बताए । चाइनामा हुने एशियाडका लागि छानिएका पोखरेली दुई खेलाडी तालिमका लागि अभिषेक बाँस्तोला स्पेनमा तथा प्रदीप खड्का बैङलोर गएको जानकारी दिए ।
कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष राजु गुरुङ्गको अध्यक्षमा भएको कार्यक्रम आयोजक समितिका उपाध्यक्ष नविन चालिेले कार्यक्रम सञ्चालन गरेका थिए । टेनिस प्रतियोगिता व्यवस्थापन गरेका संघका सहयोगी निर्मल मगरलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला