बागलुङमा २ महिने शिशुको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङमा २ महिने शिशुको हत्या आरोपमा आमाबाबु पक्राउ

dampati-pakrau

बागलुङ । बागलुङमा दुई महिनाको शिशुको हत्या गरेको आरोपमा आमाबुबा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र उनकी श्रीमती ३० वर्षीया सविना विक रहेका छन्।

यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस गर्ने क्रममा आफ्नै घरभित्र भुईमा बझारिदा शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

घटनापछि  हत्या आरोपमा विक दम्पतीलाई शुक्रबार प्रहरीले पक्राउ गरको थियो।

उनीहरु माथि जिल्ला अदालत बागलुङमा आइतबार ज्यान सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

स्याङ्जामा ट्राफिक सप्ताह सुरु
बढ्यो सुनचाँदीको मूल्य
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ट्रेन्डिङ