पोखरा । नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढि मुल्यमा बिक्रीवितरण गरेका दुई पसललाई कारबाही भएको छ । पोखराको अमरसिंह चोकमा रहेको अमरसिंह शुलभ कृषि सामग्री पसल र पोखराको शिवालयचोकमा रहेको उपभोक्ता सहकारी संघलाई २०/२० हजार जरिवाना गरिएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले दुबै संस्थालाई २०/२० हजारका दरले जरीवाना र अमरसिंहको कृषि सुलभ पसलमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास जफत गरि साल्ट ट्रेडिन्ग कर्पोरेसन लिमिटेडमा फिर्ता गरिएको समेत गरिएको छ ।
यस्तै आफनो कार्यक्षेत्र बाहिर ठुलो परिमाणमा मल बिक्रि गर्ने उपभोक्ता सहकारी संघ लिमिटेड पोखरा ८ को अनुदानको मल बिक्रेता अनुमति खारेज गरें निर्णय भएको पोखरा महानगर कृषि महाशाखा मनहर कडरियाले जानकारी दिए ।
पोखरा महानगरपालिका मल बितरण ब्यबस्थापन समितिका संयोजक पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार अनुगमन गर्दा अनुदानको मल तोकेको मूल्य १५ रुपैयाँ बढिमा बिक्री गरेको फेला परेको थियो ।
नलिइ बिक्रि गरेको, तोके भन्दा बढी मूल्यमा बिक्रि गरेको र आफ्नो कार्यक्षेत्र भन्दा बाहिर बिक्रि गरेको आधारमाअनुदानको मल वितरण ब्यबस्थापन निर्देशिका, २०७७ को दफा २१ अनुगमन तथा निरीक्षण को उपदफा ३ अनुसार जिल्ला प्रशासन कार्यालयले मलको वितरण ब्यबस्थापन र मलको मुल्यको अनुगमन तथा निरीक्षण गर्ने र दफा २३ बमोजिम निर्देशिक बिपरित मलको बिक्रि वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने भनेकोले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार दुबै संस्थालाई जरिवान सहित कारबाही गरिएको कडरियाले बताए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो