पोखरामा अनुदानको मल बढि मूल्यमा बिक्री गर्ने २ सहकारीको अनुमति खारेज

पोखरामा अनुदानको मल बढि मूल्यमा बिक्री गर्ने २ सहकारीको अनुमति खारेज

pic

पोखरा । नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढि मुल्यमा बिक्रीवितरण गरेका दुई पसललाई कारबाही भएको छ । पोखराको अमरसिंह चोकमा रहेको अमरसिंह शुलभ कृषि सामग्री पसल र पोखराको शिवालयचोकमा रहेको उपभोक्ता सहकारी संघलाई २०/२० हजार जरिवाना गरिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले दुबै संस्थालाई २०/२० हजारका दरले जरीवाना र अमरसिंहको कृषि सुलभ पसलमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास जफत गरि साल्ट ट्रेडिन्ग कर्पोरेसन लिमिटेडमा फिर्ता गरिएको समेत गरिएको छ ।

यस्तै आफनो कार्यक्षेत्र बाहिर ठुलो परिमाणमा मल बिक्रि गर्ने उपभोक्ता सहकारी संघ लिमिटेड पोखरा ८ को अनुदानको मल बिक्रेता अनुमति खारेज गरें निर्णय भएको पोखरा महानगर कृषि महाशाखा मनहर कडरियाले जानकारी दिए ।

पोखरा महानगरपालिका मल बितरण ब्यबस्थापन समितिका संयोजक पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार अनुगमन गर्दा अनुदानको मल तोकेको मूल्य १५ रुपैयाँ बढिमा बिक्री गरेको फेला परेको थियो ।

नलिइ बिक्रि गरेको, तोके भन्दा बढी मूल्यमा बिक्रि गरेको र आफ्नो कार्यक्षेत्र भन्दा बाहिर बिक्रि गरेको आधारमाअनुदानको मल वितरण ब्यबस्थापन निर्देशिका, २०७७ को दफा २१ अनुगमन तथा निरीक्षण को उपदफा ३ अनुसार जिल्ला प्रशासन कार्यालयले मलको वितरण ब्यबस्थापन र मलको मुल्यको अनुगमन तथा निरीक्षण गर्ने र दफा २३ बमोजिम निर्देशिक बिपरित मलको बिक्रि वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने भनेकोले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार दुबै संस्थालाई जरिवान सहित कारबाही गरिएको कडरियाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ