पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो

पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो

narayangarh mugling

फाइल तस्वीर

चितवन । पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलाइएको छ। पहिरोका कारण बिहानैदेखि रोकिएका गाडीलाई गन्तव्यसम्म पठाउनका लागि एकतर्फी सडक खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयका सूचना अधिकारी चण्डेश्वर साहका अनुसार रोकिएका गाडीलाई पास गराए पछि फेरि सडक बन्द गरी पहिरो हटाइने छ। तर, लगातार ठूलो पानी परिरहेकाले यो सडक खण्डमा थप पहिरोको जोखिम छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोलामा बिहान सवा ५ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेको थियो। पहिरो खसेपछि सडक अवरुद्ध हुँदा गाडीको लामो लाइन लागेको छ । प्रहरीले यो सडक भएर आज सकेसम्म यात्रा नगर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds