बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक फेला

बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक फेला

bharuwa-banduk

बागलुङ । बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक फेला परेको छ।

बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक फेला पारेको हो।

गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ स्थित जनएकता सामुदायिक वनबाट एक थान र सोही नगरपालिका– ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा रहेका पाँच नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ