सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

silver-gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार तोलामा २ सय रुपैयाँले घटेको छ।

आज छापावाला सुन तोलामा एक लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बिहीबार छापावाला सुन तोलामा एक लाख १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds