लमजुङमा जीप दुर्घटना हुँदा ९ जना घाइते

लमजुङमा जीप दुर्घटना हुँदा ९ जना घाइते

accidentt durghatana

लमजुङ । लमजुङमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

राइनास नगरपालिका–८ कटहरबारीको घुम्ती जोगीडाँडामा शनिबार बिहान पौने ११ बजे जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

राइनास नगरपालिका–१० प्यारजुङबाट सुन्दरबजार नगरपालिका–९ भोटेओडार आउँदै गरेको ग १ ज ६३६९ नम्बरको यात्रुवाहक जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

घाइतेमध्ये चालक सुन्दरबजार नगरपालिका–९ भोटेओडारका ३० वर्षे पुरन गुरुङलाई थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । उनको दायाँ हातमा चोट लागेको छ । बाँकी ८ जनाको अवस्था सामान्य रहेको र स्थानीय भोटेओडार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ