मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा आइतबार साँझ आएको बाढीले दुई दर्जन घरहरु बगाएको छ। कागबेनी गाउँमाथिको मुक्तिनाथ शीर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पुर्याएको हो।
अविरल वर्षासँगै गएरातीको ठाडो खोलाको बाढीले दुई दर्जन घरहरु बगाएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीले स्थानीयको घर,पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर पूरै बाढीले बगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नाम्गेल गुरुङले जानकारी दिए।

यसैगरी, कागबेनी खोलामा आएको बाढीले धार्मिक श्रद्धास्थल, धर्मशाला, मन्दिर समेत बगाएको छ। बाढीले कागबेनीमा रहेको एनएनबी बैंक रहेको घर, जनशान्ति माध्यमिक विद्यालयमा आशिंक क्षति भएको अध्यक्ष गुरुङले बताए। अचानक आएको बाढीले कागबेनीमा सञ्चालनमा रहेका आधा दर्जन पसलका सामानहरु समेत बगाएको छ भने कागबेनी खोलाको दक्षिण पूर्वमा रहेका घरहरु रहेको स्थान पुरै बगरमा परिणत भएको छ।

बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुल समेत बगाएको छ। यसैगरी बाढीले होटलमा पार्किङ गरी राखिएका २ वटा गाडी समेत बगाएको बताइएको छ।

कागबेनीमा आइतबार साँझ ठाँडो मुक्तिनाथ कागखोला थुनिएको थियो। जोखिम बढेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो।

कागखोला बाढीको बितण्डाले कागबेनीको तटीय बस्ती रहेको स्थान कुरुप बनाइदिएको छ। मुस्ताङका प्रजिअ अनुप केसीले कागबेनीमा आएको बाढीले मानवीय क्षति नभएपनि भौतिक क्षति भएको बताए। उनले बाढीले पुर्याएको क्षति विवरण संकलन गर्ने तयारी भइरहेको र सुरक्षा निकाय र सरोकारवाला टोली उद्धारका लागि प्रस्थान गरेको बताए।

- सुन्दरकुमार थकालीकाे सहयाेगमा, तस्वीरहरूः Fřěědøm Møñštěř / वडा कार्यालय मुक्तिनाथ
सम्बन्धित खबर
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
तनहुँमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते
गण्डकी प्रदेशको बजेट आज, ३२ अर्ब ५० करोड हाराहारीमा बजेट प्रस्तुत हुँदै
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ