आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?

Gold sun

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन तोलामा एक लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि आइतबार छापावाला सुन तोलामा एक लाख १ लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि चाँदी तोलाको १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

ट्रेन्डिङ


This will close in 3 seconds