पर्वतको जलजलामा ५५ वर्षीया महिलालाई कुटपिट गरी करणी गरेको आरोपमा युवक पक्राउ

पर्वतको जलजलामा ५५ वर्षीया महिलालाई कुटपिट गरी करणी गरेको आरोपमा युवक पक्राउ

rapee

पर्वत। पर्वतमा ५५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको जलजला गाउँपालिका वडा नं -२ तमिला खर्क बस्ने २८ वर्षीय राजन कार्कीलाई प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार कार्कीले गएको साउन ३२ गते राति महिलालाई कुटपिट तथा जबर्जस्ती करणी गरेको भन्ने उजूरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।

कुटपिटबाट घाइते भएकी महिलाको अहिले पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भने, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

भर्खरै

स्याङ्जामा ट्राफिक सप्ताह सुरु
बढ्यो सुनचाँदीको मूल्य
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ट्रेन्डिङ