पोखरा। बिल भौचरमा उल्लेख गरिए भन्दा बढी इन्धन लोड गरेर लैजाँदै गरेको अवस्थामा पोखरामा एक ट्यांकरका चालक सहित दुई जना पक्राउ परेका छन्।
नेपाल आयल निगम प्रादेशिक कार्यालय डिपो गगनगौंडाबाट बिल भौचरमा उल्लेख गरे भन्दा बढी परिणामको पेट्रोलियम पदार्थ (डिजेल) लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले ग २ ख ८३६ नंवरको ट्यांकरका चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनको प्रतिनिधी जगन्नाथ ढुंगानालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत साउन २५ गते दिउँसो अन्दाजी ३ बजेको समयमा उक्त डिपोबाट पोखरा २७ मा रहेको पश्चिमान्चल पेट्रोलियम पम्पमा लैजाँदै गरेको ट्यांकरमा जारी बिलमा भन्दा बढी पेट्रोलियम पदार्थ लगिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय कास्की तथा ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीको टोलीले डाँडाकोनाक बाट उक्त ट्यांकरका चालकलाई पक्राउ गरेको हो।
जिल्ला प्रशासन कार्यालयका नापतौल तथा गुणस्तर विभागका प्रतिनिधी, नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौडा डिपोका अधिकृत स्तरका कर्मचारी र स्थानिय जनप्रतिनिधी समेतको रोहबरमा उक्त ट्याङ्करको तेल मापन गर्ने क्रममा जारी बिलमा भन्दा ३ हजार लिटर बढी डिजेल भेटिएको थियो। उक्त बिल अनुसार ट्यांकरमा १२ हजार लिटर डिजेल जानुपर्ने थियो।
पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५२ बमोजिमको कसूरमा ट्यांकर चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनको प्रतिनिधी जगन्नाथ ढुंगानालाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।
साथै, घटनामा अन्यको संग्लाग्नताबारे पनि अनुसन्धान भइरहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन