जापानमा रहेकी युवतीले परिवारसँग भिडियो कल गर्दै गरिन् आत्महत्या

जापानमा रहेकी युवतीले परिवारसँग भिडियो कल गर्दै गरिन् आत्महत्या

घरबाट टाढा रहेका किशोरकिशोरीलाई मानसिक स्वस्थता जरुरी

fukuoka sui

जापानको फुकुओकामा अध्ययनका लागि पुगेकी नेपाली युवतीले आत्महत्या गरेकी छन् । दोलखा घर भएकी रबिना बुढाथोकीले आफ्नो परिवारसँग भिडियो कल गर्दै मृत्युको बाटो रोजेकी हुन् । २० वर्षकी रबिना गत वर्षमात्र विद्यार्थी भिसामा जापान पुगेकी थिइन् ।

सोमबार साँझ यहाँ परिवारसँग भिडियो कलमा कुरा हुँदाहुँदै आफ्नै कोठामा झुण्डिएपछि परिवारले उनको उद्धारका लागि नजिका साथीहरुसँग अनुरोध गरेका थिए ।

घटनाबारे थाह पाए पश्चात् फुकुओकामा रहेका नेपालीहरु मार्फत तुरुन्त उद्धारको प्रयास गरिएको थियो । प्रहरी तुरुन्त घटनास्थल पुगेपनि कोठाको ढोकामा चुकुल लगाईएको कारण उद्धारमा ढिलाई हुन पुगेको थियो । ढोका फोडेर अस्पताल लगिएकोमा चिकित्सकले बिहान मात्रै मृत घोषणा गरेको खबर छ ।

घरबाट टाढा रहेका किशोरकिशोरीलाई मानसिक स्वस्थता जरुरी देखिएकाे छ । अध्ययनका लागि विदेश गएका युवायुवतीहरू डिप्रेशनमा पुग्ने, आत्महत्या गर्ने घटनाहरू बढेकाे भन्दै यसका लागि पारिवारिक दबाब हुन नहुने, बुझेर मात्र विदेश जाने सुझाव सल्लाहहरू यस क्षेत्रमा जानकारहरूले दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds