पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन असोज ६ गते हुने भएको छ । मञ्चको हालै बसेको एकतीसौं बैठकले साधारण सभा तथा विधान अधिवेशन सम्बन्धी निर्णय गरेको मञ्चका महासचिव तथा प्रवत्ता राजाराम पौडेलले जनाए ।
मञ्चको विधानलाई आवश्यकताको आधारमा परिमार्जन गर्दै समय सापेक्ष बनाउने उद्धेश्यका साथ विधान अधिवेशन सहितको साधारण सभा आयोजना गर्न लागिएको उनले खुलाए । जसको लागि मञ्चका सल्लाहकार रञ्जन अधिकारी क्षेत्रीको संयोजकत्वमा विधान संसोधन समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको छ । मञ्चका अध्यक्ष र महासचिव पदेन सदस्य रहने समितिलाई पूर्णता संयोजक अधिकारीले दिनेछन् ।
गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको मञ्चले प्रदेशका सबै जिल्लामा शाखा विस्तार गर्ने तयारी समेत गरेको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।
२०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीको रुपमा स्थापना भएको यो संस्था २०७५ सालमा गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको थियो । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला