भारतको चन्द्रयान-३ ले चन्द्रमाको दक्षिण ध्रुवमा सफल अवतरण गर्‍यो

भारतको चन्द्रयान-३ ले चन्द्रमाको दक्षिण ध्रुवमा सफल अवतरण गर्‍यो

Chandra-yan

एजेन्सी। भारतको चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ।

यो सँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो।  केही दिनअघि उस्तै लक्ष्य बोकेको रुसी अन्तरिक्षयान अवतरणका क्रममा त्यहाँ दुर्घटनाग्रस्त भएको थियो।

चन्द्रयान-३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन्।

अमेरिका, रुस र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक यान अवतरण गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् ।

भारतले चन्द्रमामा गरेको सफल अवतरणसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष सम्बोधन गर्दै भारतले इतिहास रच्न सफल भएको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds