सुनचाँदीको मूल्य कति पुग्यो?

सुनचाँदीको मूल्य कति पुग्यो?

Gold sun

पोखरा । नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार १ सय र तेजावी सुन एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा र तेजावी सुन एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds