पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बाेलेरो जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
पोखरा–माछापुच्छ्रे इदीखोला चल्ने ग ३ च ५८३८ नम्बरको उक्त जीप मणिलाल मार्गस्थित मर्दीपुलमा आइतबार दिउँसाे ३ बजेतिर दुर्घटनामा परेको हाे ।
जीपमा चालकसहित १० जना सवार रहेकोमा घाइतेमध्ये ८ जनाको अवस्था सामान्य रहेको र बाँकी २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का अध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार तीव्र गतिको जीप सडकको घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । जीप बाटोदेखि करिब १५ मिटर तल खसेर उत्तिसको रुखमा अल्झिएको उनले जनाए ।
घाइते सबै स्थानीय नै हुन् । सामान्य घाइतेहरुलाई उपचार पछि घर पठाइसकिएको वडाध्यक्ष क्षेत्रीले बताए । दुर्घटनामा जीप चालक गिरीधारी गौतम सहित यात्रुहरु हरिमाया भण्डारी, बिष्णु भण्डारी, गीता भण्डारी, बिनिता भण्डारी, सीता भण्डारी, लक्ष्मी भण्डारी र नानी भण्डारी उपचारपछि घर फर्किसकेकाे वडाध्यक्ष क्षत्रीले जनाए । गंगा अधिकारी र हिमाली गौतमकाे पाेखरामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको छ ।

सम्बन्धित खबर
चिनियाँ पर्यटकलाई लक्षित गरी पोखरामा आधारभूत चिनियाँ भाषा तालिम
कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सेतीनदी माथि पटनेरी र सीतापाइलालाई जोड्ने पुल उद्घाटन
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
शुक्लाले जनकवि केशरी धर्मराज थापालाई सम्झने
डिलभिरको मापदण्ड घटाउन रातोपैह्राका बासिन्दाको माग
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा