बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

sun gold

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार १५० रुपैयाँ कायम रहेको छ।

यसअघि, सोमबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds