गोरखामा अरिगांल पोल्ने क्रममा रुखबाट लडेर वडा सदस्यको मृत्यु

गोरखामा अरिगांल पोल्ने क्रममा रुखबाट लडेर वडा सदस्यको मृत्यु

mrita fela

गोरखा । अरिंगाल पोल्ने क्रममा आरुघाट गाउँपालिका–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर मृत्यु भएको छ ।

मंगलबार राति नौ बजे वडा नम्बर ८ लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा उनले टेकेको रुखको हाँगा भाँचिएर लडेका थिए ।

रुखबाट लडेर गम्भीर घाइते उनको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ३६ बर्षका माझी स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

वडा सदस्यको मृत्युमा दुःख व्यक्त गर्दै गाउँपालिकाले बुधबार शोक विदा दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ