सुनचाँदीको मूल्य कति पुग्यो?

सुनचाँदीको मूल्य कति पुग्यो?

Gold sun

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds