काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ ।
नेपालले मलेसियालाई ५ रनको अन्तरले हराएको हो ।
जितका लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो । मलेसियाका कप्तान विनीफ्रेड दुराईसिङ्घमले सर्वाधिक २८ रन बनाइन् । तर जितका लागि पर्याप्त भएन।
नेपालकी कविता जोशी र कविता कुँवरले समान २ तथा रुविना क्षेत्री, अश्मिना कर्माचार्यले एक/एक विकेट लिए । त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।
नेपालकी सीता रानामगर सर्वाधिक ३८ रनमा अविजित रहिन् । अप्सरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपालले अब शुक्रबार दोस्रो खेल बहराइनसित खेल्ने छ ।
प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् ।
प्रतियोगितामा समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।
सम्बन्धित खबर
रोमाञ्चक खेलमा स्कटल्याण्ड विरुद्ध नेपाल २ विकेटले विजयी
तेस्रो गण्डकी प्रदेश पुरुष टी– २० क्रिकेटः कास्की र नवलपुरको बिजयी सुरूवात
सन्दिपको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टी– २० क्रिकेटको फाइनलमा
गण्डकी प्रदेशस्तरीय पुरुष टी– २० क्रिकेटः तनहुँ र स्याङजाको जित, तनहुँको जितमा कृष ऐरको शतक
दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजय रानामगरलाई
गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट सुरुः स्याङ्जा र तनहुँको जित
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने