बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

gold

प्रतिकात्मक तस्विर

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds