पोखरा । नेपाली महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार कतारलाई ९ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित सर्वाधिक ३२ रन बनाइन् ।
यस्तै, इन्दु वर्माले १२ बलमा ३ चौकाको सहयोगमा अविजित २० रनको योगदान दिइन् । सीता राना मगरले २३ बलमा अविजित १७ रन जोडिन् । कतारका लागि सबिजा आदियेरी पाणयनले मात्र एक विकेट लिन सकिन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो । उसका लागि साची धडवालले २१, अलीना खानले १५, एन्जेलिन मारेले अविजित १४ र कप्तान आयसाले १० रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि अलराउन्डर इन्दु वर्माले सानदार बलिङ गरिन् । उनले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् ।
यस्तै, कविता जोशी र पूजा महतोले एक/एक विकेट हात पारे । नेपाललाई दुई भने रनआउटको रूपमा प्राप्त भयो ।
जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट र तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको थियो ।
नेपालले अब मंगलबार यूएईसँग खेल्ने तालिका छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई तथा समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार रहेका छन् ।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?