क्यानडा पठाइदिन्छु भन्दै साढे ३४ लाख ठग्ने कास्कीका लक्ष्मणसहित दुई पक्राउ

ठगी

क्यानडा पठाइदिन्छु भन्दै साढे ३४ लाख ठग्ने कास्कीका लक्ष्मणसहित दुई पक्राउ

इन्स्टाग्राममा क्यानडा रोजगारीको विज्ञापन गर्दै ठगी

thagi laxman

सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका-६ ठेगाना भएका ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका-४ ठेगाना भएका ३५ वर्षीय महावीर प्रसाद साह रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली बिज्ञापन पोष्ट गरी सम्पर्कमा आएका पीडितलाई क्यासियरको काम लगाइदिने र मासिक ५ लाख ४५ हजार रूपैयाँ तलव हुने भन्दै प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन रकम तिर्नुपर्छ भनी विभिन्न व्यक्तिहरूका नामको खाताहरुमा पटक-पटक जम्मा गर्न लगाएको प्रहरीले बताएको छ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले हालसम्म ३४ लाख ५७ हजार ७ सय १० रूपैयाँ ठगी गरेको खुल्न आएको छ । उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds