सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

sun

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds