बाँके । बाँकेको शम्शेरगञ्जमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ।
दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन्।
बसका चालक बर्दियाको ठाकुरबाबा–८ का ५५ वर्षीय जुगबहादुर चन्द, सहचालक बर्दियाको बारबार्दिया नगरपालिका –७ का ३४ बसन्त कार्कीको पनि मृत्यु भएको छ।
बसमा ४१ यात्रु सवार थिए। उनीहरू सबै बेतना सामुदायिक वन उपभोक्ता समितिबाट धार्मिक भ्रमणमा गएका थिए। धार्मिक भ्रमणबाट फर्किने क्रममा सडकमा रोकिएको ट्रकसँग बस ठोक्किएको हो।
दुर्घटनामा २८ जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जनाको अवस्था मध्यम र सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन