बाँके । बाँकेको शम्शेरगञ्जमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ।
दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन्।
बसका चालक बर्दियाको ठाकुरबाबा–८ का ५५ वर्षीय जुगबहादुर चन्द, सहचालक बर्दियाको बारबार्दिया नगरपालिका –७ का ३४ बसन्त कार्कीको पनि मृत्यु भएको छ।
बसमा ४१ यात्रु सवार थिए। उनीहरू सबै बेतना सामुदायिक वन उपभोक्ता समितिबाट धार्मिक भ्रमणमा गएका थिए। धार्मिक भ्रमणबाट फर्किने क्रममा सडकमा रोकिएको ट्रकसँग बस ठोक्किएको हो।
दुर्घटनामा २८ जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जनाको अवस्था मध्यम र सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ।
सम्बन्धित खबर
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते
सिद्धबाबाको पहिरोले पुर्दा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीनजनाको मृत्यु, २ जना गम्भीर घाइते
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ