धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सधैं भन्दै आएका छन् – ‘म कसैको कुरा सुन्दिनँ । मलाई सल्लाहकार चाहिन्न । मैले सल्लाहकार राखेको पनि छैन ।’
श्रम आन्दोलनका अगुवा भनेर चिनिने, भ्रष्टाचार विरोधी छवि भएका हर्क साम्पाङ पछिल्लो समय आलोचित हुँदै आएका छन् । धर्म र जातिबीच असहिष्णु बनेको प्रष्ट देखिने हर्कतले उनी आलोचित भएका हुन् ।
प्रश्न गरेको सहन नसकेर आज एक युवकलाई थुनाएका छन् । साम्पाङले अशोक लिम्बुलाई नगर प्रहरी लगाएर पक्राउ गराएका हुन् । लिम्बु अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।
धरान १५ मा शुक्रबार मेयर हर्क साम्पाङको लागुऔषधविरुद्ध जनचेतना कार्यक्रम थियो । कार्यक्रम चल्दै गर्दा एक व्यक्तिले साम्पाङलाई अशोकले प्रश्न गरे ‘डेङ्गीले मान्छे मरिरहेका छन, तपाइँ बाटोमा अर्कै कार्यक्रम गर्ने ?’
लिम्बूले यति प्रश्न गर्न नपाउँदै मेयर साम्पाङले थर्काए ‘चुप लाग्नुस् तपाईं, यहाँ विरोध गर्न आएको ?’ साम्पाङले यति भन्दै गर्दा उनका कार्मचारीले प्रश्न सोध्ने अशोक लिम्बूलाई चुप लाग्न भन्दै थिए । उनलाई अली पर लगियो ।
कार्यक्रम सकिएपछि भने लिम्बूलाई त्यतिकै छोडेनन् साम्पाङले । सार्वजनिक कार्यक्रममा हातपात गर्न आएको भन्दै लिम्बूलाई प्रहरीबाट पक्राउ गर्न लगाए । इलाका प्रहरी कार्यलयले पनि साम्पाङको ‘आदेश’ तामेल गर्यो । र, शुक्रबार पक्राउ गरेर हिरासतमा राख्यो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार लिम्बुलाई नगर प्रहरीले पक्राउ गरेको हो । ‘नगर प्रहरीले पक्राउ गरेको रहेछ । उनीहरुले हामीलाई जिम्मा लगाए, अहिले उ हाम्रो नियन्त्रणमा छ ।’ मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले लिम्बूलाई पक्राउ गरेर बुझाएपछि हिरासतमा राखिएको मल्लले बताए । ‘मेयरसापले शान्ति सुरक्षामा अप्ठ्यारो पर्यो भनेपछि पक्राउ गरेका हौँ । थप उजुरी त परेको छैनु मल्लले भने, ‘आजसम्म केही न केही डिसिजनमा पुग्छौं।
यता, धरानका मेयर हर्क साम्पाङले भने बदमासलाई प्रहरीको जिम्मा लगाएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘बदमासलाई प्रहरीको जिम्मा लगाइयो ! स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई छाडिने छैन ! जय देश !
प्रश्न गरेकै भरमा नगर प्रहरी लगाएर पक्राउ गरी प्रहरी हिरासतमा राख्ने कार्यले लोकतन्त्रको उपहास भएको भन्दै मेयरको आलोचना भईरहेको छ ।
सम्बन्धित खबर
नेपाल फर्किनेलाई स्वागत भइहाल्छ, अरू देशको नागरिक भइसकेकालाई नागरिकता दिन सकिँदैन: देउवा
जेलबाट रवि लामिछानेले कार्यकर्तालाई के पठाए सन्देश ? (पूर्णपाठ)
महामन्त्रीमा मुकुल ढकाल सार्वजनिक भएपछि रास्वपाले गर्यो जिम्मेवारी हेरफेर
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
आजको मौसम पूर्वानुमान
शीर्ष तीन दलका नेताको बैठकमा के भयो छलफल ?
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ