धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सधैं भन्दै आएका छन् – ‘म कसैको कुरा सुन्दिनँ । मलाई सल्लाहकार चाहिन्न । मैले सल्लाहकार राखेको पनि छैन ।’
श्रम आन्दोलनका अगुवा भनेर चिनिने, भ्रष्टाचार विरोधी छवि भएका हर्क साम्पाङ पछिल्लो समय आलोचित हुँदै आएका छन् । धर्म र जातिबीच असहिष्णु बनेको प्रष्ट देखिने हर्कतले उनी आलोचित भएका हुन् ।
प्रश्न गरेको सहन नसकेर आज एक युवकलाई थुनाएका छन् । साम्पाङले अशोक लिम्बुलाई नगर प्रहरी लगाएर पक्राउ गराएका हुन् । लिम्बु अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।
धरान १५ मा शुक्रबार मेयर हर्क साम्पाङको लागुऔषधविरुद्ध जनचेतना कार्यक्रम थियो । कार्यक्रम चल्दै गर्दा एक व्यक्तिले साम्पाङलाई अशोकले प्रश्न गरे ‘डेङ्गीले मान्छे मरिरहेका छन, तपाइँ बाटोमा अर्कै कार्यक्रम गर्ने ?’
लिम्बूले यति प्रश्न गर्न नपाउँदै मेयर साम्पाङले थर्काए ‘चुप लाग्नुस् तपाईं, यहाँ विरोध गर्न आएको ?’ साम्पाङले यति भन्दै गर्दा उनका कार्मचारीले प्रश्न सोध्ने अशोक लिम्बूलाई चुप लाग्न भन्दै थिए । उनलाई अली पर लगियो ।
कार्यक्रम सकिएपछि भने लिम्बूलाई त्यतिकै छोडेनन् साम्पाङले । सार्वजनिक कार्यक्रममा हातपात गर्न आएको भन्दै लिम्बूलाई प्रहरीबाट पक्राउ गर्न लगाए । इलाका प्रहरी कार्यलयले पनि साम्पाङको ‘आदेश’ तामेल गर्यो । र, शुक्रबार पक्राउ गरेर हिरासतमा राख्यो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार लिम्बुलाई नगर प्रहरीले पक्राउ गरेको हो । ‘नगर प्रहरीले पक्राउ गरेको रहेछ । उनीहरुले हामीलाई जिम्मा लगाए, अहिले उ हाम्रो नियन्त्रणमा छ ।’ मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले लिम्बूलाई पक्राउ गरेर बुझाएपछि हिरासतमा राखिएको मल्लले बताए । ‘मेयरसापले शान्ति सुरक्षामा अप्ठ्यारो पर्यो भनेपछि पक्राउ गरेका हौँ । थप उजुरी त परेको छैनु मल्लले भने, ‘आजसम्म केही न केही डिसिजनमा पुग्छौं।
यता, धरानका मेयर हर्क साम्पाङले भने बदमासलाई प्रहरीको जिम्मा लगाएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘बदमासलाई प्रहरीको जिम्मा लगाइयो ! स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई छाडिने छैन ! जय देश !
प्रश्न गरेकै भरमा नगर प्रहरी लगाएर पक्राउ गरी प्रहरी हिरासतमा राख्ने कार्यले लोकतन्त्रको उपहास भएको भन्दै मेयरको आलोचना भईरहेको छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन