डडेल्धुराका प्रेमसिंह ऐर दम्पतिले सशस्त्र युद्धमा दुई छोरा गुमाए । २०५८ सालमा घर नजिकै सेनाले बिछ्याएको एम्बुसमा परेर दुई छोराको ज्यान गुम्यो । त्यसपछि २०६३ जेठ १९ मा एक छोरा जन्मियो । उनै छोराको पनि मोटरसाइकल सवार रहँदा सडक माथिबाट खसेको ढुंगा लागेर ज्यान गएको छ ।
जिल्लाको अमरगढी नगरपालिका १ दगलखेत बस्दै आएका ऐर परिवार दुई छोरा गुमेपछि थाँतथलो छाडेर सदरमुकामकै वडा नम्बर ४ खलंगामा घर बनाएर बस्दै आएको थियो। खुशीको रंग दिँदै ५ वर्षपछि जन्मिएका एक्लाे छोरा दुर्घटनामा बितेपछि ऐर परिवार फेरि उजाडिएको छ ।
शनिबार डोटीको दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म१प८८३० नम्बरको मोटरसाइकल पछाडि सवार राकेशको टाउकोमा सडक माथिबाट खसेको ढुंगा लागेका थियो। रडुवास्थित पहिरोबाट झरेको ढुंगाले लागेका राकेशलाई गम्भिर घाइते अवस्थामा डडेल्धुरा अस्पतालमा लगिएको थियो । त्यसपछि धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेको थियो।
उपचारको लागि धनगढी लैजाँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको हो। राकेश अमरगढी ५ खलंगास्थित महेन्द्र माविको कक्षा १० मा पढ्दथे ।
सडक विभागको ढिलासुस्तीले सडक धराप
केआईसिंह राजमार्ग अन्तर्गत गन्यापधुरा गाउँपालिका–२ रडुवामा दुई वर्ष अघि पहिलोपटक पहिरो खसेको थियो । त्यसपछि पहिलो थामिएको छैन । सडक डिभिजन कार्यालय डोटीले समयमा काम नसक्दा सडक ज्यानमारा बनेको स्थानीयको गुनासो छ ।
सम्बन्धित खबर
स्वास्थ्य बीमामा राष्ट्रसेवक आबद्ध गराउन स्वास्थ्य मन्त्री पौडेलको पहल
पाँचौँ आदिवासी जनजाति चलचित्र महोत्सवमा १९ चलचित्र
सुक्खा पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध
एसइईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
एसइई कायम राख्न मन्त्रालयको प्रस्ताव
पाल्पामा जीप दुर्घटना हुँदा जीपधनीसहित दुई जनाको मृत्यु, चालक घाइते
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार