बाटो रमणीय, उस्तै फराकिलो । सवारी जति हुँइक्यायो, उति मज्जा । तर, ट्राफिक अनुशासन छैन । अनि, परिणाम दुर्घटना ।
अहिले ‘भाइरल रोड’ भनेर चिनिने हेम्जामा दिन बिराएर जसो दुर्घटना हुने गरेका छन् । ‘मानवीय क्षति हुँदा मात्र समाचार बाहिर आउने गरेको छ, नत्र सामान्य दुर्घटना त कति हो कति ?’ – स्थानीय आभाष दाहाल भन्छन् – ‘फराकिलो बाटो देखेर स्पीडमा चलाउँछन् । अनि, मान्छे, गाडीहरु झ्याप्प रोडमा आइपुग्दा ठोक्किहाल्छ । हेम्जा प्रवेश गर्दैगर्दा सावधान भन्नुपर्ने र हेम्जा पार भएपछि बधाई छ पार हुनुभयो भनेर भन्नुपर्ने अवस्था छ ।’
साना सवारी बीचको डिभाइडरबाटै मोड्दा पनि दुर्घटना हुने गरेका छन् । यहाँको दुर्घटनाको मूख्य कारण नै तीब्र गति हो । बाक्लो बस्तीमा रोडमा कतिखेर को आइपुग्छ पत्तै हुन्न । चालक र बटुवाले पनि ट्राफिक नियमको पालना गर्ने हो भने यसरी दुर्घटना हुँदैन ।
कार र स्कुटर ठोक्किँदा आमाछोरा घाइते
पोखरा २५ हेम्जाको सुइखेत स्थित सुन्दरपुरी चोकमा पोखराबाट नौडाँडाँतिर जाँदै गरेको ग ३ च १४५१ नम्बरको प्राइभेट कारले ग १२ प ८४२३ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना भयो ।
स्थानीय ३६ वर्षीया बिपना सुवेदीको उक्त स्कुटर कारसँग ठोक्किँदा बिपना सामान्य घाइते भइन् । साथमा रहेका ७ वर्षीय छोरा उमंग गम्भीर घाइते भएको ट्राफिक प्रहरी प्रवक्ता बरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले जानकारी दिए । उमंगको टाउको र छातीमा चोट लागेको छ ।
घाइते आमाछोरालाई तत्काल फिस्टेल हस्पिटल ल्याइएको प्रहरीले जनाएको छ । बरिष्ठ सई पाठकका अनुसार कारले स्कुटर देखेपछि ५० फिट टाढाबाट ब्रेक हानेको थियो ।
सम्बन्धित समाचारः
हेम्जामा तीव्र गतिको हाइसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु
फराकिलो हेम्जाको सडकमा गाडीकाे ओभर स्पीड, जेब्रा क्रसमै लिन्छन् ज्यान
सम्बन्धित खबर
पोखरामा मगर समुदायको भूमे पूजा
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने