नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज आइतबारबाट सुरू भएको छ । माइती घरमा आएका चेलीबेटीहरूलाई पर्वको पहिलो दिन आइतबार घरघरमा मिठा–मिठा परिकार बनाएर दर खाने चलन छ ।
भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार घर घरमा दर खाने गरिन्छ । तीजको व्रत बस्नेहरूलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ । दर खाएसँगै औपचारिक रूपमा सुरू हुने तीज पर्व ऋषि पञ्चमीको पूजासँग समापन हुने गर्दछ ।
तृतीयाका दिन हरितालिका ब्रत, चौँथीका दिन गणेशको पूजा हुने गर्दछ । तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ । पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक-भडक मौलाउँदै गएको छ ।
विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् ।
तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।तर नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने शास्त्रीय रुपमा तीजमा निराहार व्रत बस्ने विधान नरहेको जानकारी दिए ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा दर खाने दिनदेखि नै निषेधाज्ञा जारी गरिएकाले यस वर्ष तीजको रमझम र चहलपहल छैन ।
तर विज्ञले भने आफ्नो स्वास्थ्यको ख्याल गरेर दर खान सुझाव दिएका छन् । राति १२ बजेपछि भाद्र शुक्ल चौँथीका दिन बिहान गणेशको पूरा गरी साँझ सूर्यलाई अर्घ्य दिएरमात्र खाने परम्परा छ ।
आज दर खाने र भोलि हरितालिका तीज परेकाले माइतीघरमा तीज मनाउन महिलाहरु घरगाउँतिर जाने क्रम पनि बढेको छ ।
पछिल्लो समय तीज मनाउने शैली फेरिँदै गएको छ । महिना दिनदेखि दर खाने र रमाइलो गर्ने प्रचलन बढेको छ । दिदीबहिनी भेटघाट गर्ने, दुःख-सुख एवं आपसी अनुभवलाई गीतमार्फत् व्यक्त गर्ने र मिठा परिकार खाएर तीज मनाउने परम्परा रहेकोमा अहिले यसलाई रमाइलो पर्वका रुपमा लिन थालिएको छ।
नेपाली हिन्दू महिलाको महान् चाड हरितालिका तीज नजिकिएसँगै गाउँघरदेखि सहरसम्मै रौनक देखिन थालेको छ । दर खाने दिन आज भएपनि सहर बजारमा भने केही दिनअघिदेखि नै महिलाहरुले सामूहिक दर कार्यक्रम आयोजना गरी नाचगान तथा रमाइलो गरिरहेका छन् ।
हिमालयपुत्री पार्वतीले व्रत बसेर महादेव पति पाएको धार्मिक मान्यतासँगै तीज मनाउने गरिएको हो । तीजका दिन महिलाहरु निर्जल, निराहार उपवास बस्नुपर्ने मान्यता छ । तीज नेपालका साथै भारतको उत्तरप्रदेश, बिहार, झारखण्ड, राजस्थान र मध्यप्रदेशमा पनि मनाउने गरिन्छ । हिन्दु समुदायले मनाउने यो पर्वमा अहिले अन्य समुदायका महिला पनि रमाइलो मानेर सहभागी हुन थालेका छन् ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन