काठमाडौं । नेपालले रेमिट्यान्स आप्रवाहमा मासिक रेकर्ड कायम गरेको छ । साउन महिनामा हालसम्मकै धेरै अर्थात् १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
देशको आन्तरिक अर्थतन्त्र शिथिल भइरहेका बेला रेमिट्यान्स आप्रवाहमा भने उल्लेख्य सुधार देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको छ ।
अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमयदर बढेको र रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या दिनानुदिन बढिरहेका कारण रेमिट्यान्स आप्रवाह ह्वात्तै बढेको हो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.८ प्रतिशतले र अमेरिकी डलरमा २१.५ प्रतिशतले बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
सम्बन्धित खबर
१ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य
घट्यो सुनचाँदीको मूल्य
८ सय रुपैयाँले घट्यो सुनको मूल्य
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, ग्यास प्रतिसिलिण्डर २१५ ले बढ्यो
पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल