पोखरा । परापुर्वकाल देखि नै पोखराको बाटुलेचौरमा संचालन हुँदै आएको ऐतिहासिक तीज मेला सम्पन्न भएको छ ।
नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा हिमालय क्लवले आयोजनामा गरेको मेलामा विशुद्घ तीज गीत र नृत्य गरिएको थियो । मेलामा १६ वटा आमन्त्रित समुहले आ-आफ्ना तिज गीत तथा नृत्य प्रस्तुत गरिएको र सोही कार्यक्रममा तीजको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुती रहने थियो । मेलामा पोखरा १६ र १९ वडाका १६ वटा आमा समुहले सहभागिता जनाएका थिए ।
सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद दश हजार र प्रमाणपत्र वितरण गरिएको छ । समुहलाई क्लवका अध्यक्ष सुशील वस्नेत, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, निवर्तमान अध्यक्ष मोहन थापा , संयोजक तारा प्रसाद तिमिल्सीना, मानार्थ सदस्य वेनी वहादुर वस्नेत लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका हुन् । साँझसम्म चलेको मेला हेर्न पोखरा सहित त्यस आसपासका क्षेत्रवाट सहभागीहरुको बाक्लो उपस्थिती रहेको थियो ।महेन्द्र गुफा तथा चमेरे गुफा पुगेका स्वदेशी तथा विदेशी पर्यटक समेत मेलामा झुम्मिएका थिए । मेलामा चर्चित लोक दोहोरी गायक राजन कार्की र ज्योति लोहनीले सहभागी दर्शकलाई आफ्ना एक दर्जन वढी तिजे भाकामा झुमाएका थिए । उनीहरुले गाँउदा सहभागी महिलाहरु व्रतको प्रवाह नगरी कम्मर मर्काएरै दिनभर जसो छमछम्ती नाचेका थिए ।

यस अघि त्यस क्षेत्रका विभिन्न १६ वटा आमा समुहका अध्यक्ष सहित वडा सदस्य राजकुमारी वाँनिया र मञ्जु वस्यालले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा पुर्व मन्त्री एवं गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा सहित विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य निवर्तमा अध्यक्ष मोहन थापा र संचालन सचिव शिवराज देवकोटाले गर्नुभएको थियो ।
विन्ध्यवासिनी मा.वि सम्मानित

पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालय सम्मानित भएको छ । ऐतिहासिक बाटुलेचौर तिज मेलाको अवसरमा हिमालय क्लवले विद्यालयलाई सम्मान गरेको हो ।
शिक्षा मन्त्रालयले गरेको शैक्षिक तथा भौतिक तर्फको मुल्यांकनमा सामुदायिक विद्यालय तर्फ देशभरमै उत्कृष्ट पहिलो वन्न सफल भइ, यस क्षेत्रकै उच्च गौरव वढाएको उल्लेख गर्दै क्लवले सम्मान गरेको हो । क्लवका अध्यक्ष सुशील वस्नेतले विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यलाई सम्मानपत्र प्रदान गरेकी थिइन्।
सम्मान ग्रहण गर्न कार्यक्रम स्थलमा समितिका सदस्य तथा विद्यालयका शिक्षक कर्मचारीको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन