गोरखामा ७० वर्षीया वृद्धा हत्या आरोपमा दुई जना पक्राउ

गोरखामा ७० वर्षीया वृद्धा हत्या आरोपमा दुई जना पक्राउ

gorkha-pakrau

गोरखा । गोरखामा ७० बर्षकी वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्।

आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षकी सुनमाया लामाको हत्या आरोपमा सोही ठाउँका ३१ बर्षका कर्मा छिरिङ र १८ बर्षका साने भन्ने सुपराज लामा पक्राउ परेका प्रहरीले जनाएको छ।

गत भदौ ३० गते बिहान करिव दश बजे सुनमायाको शव आफ्नै घरभित्रको कोठाको बलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो। दुवै कान च्यातिएको अवस्थामा भएकाले हत्याको आशंका गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। प्रहरी निरीक्षक शेखर खड्का नेतृत्वको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

घटना ढाकछोप गर्न मृतकलाई कोठाको बलोमा झुण्ड्याएको पाइएको प्रहरीले जनाएको छ।

लुटपाट गरेर लगेको सुनको रिङ बेचिसकेको र प्रहरीले त्यो पनि बरामद गरेर ल्याएको जनाएको छ।

बुधबार पक्राउ परेका उनीहरुलाई कर्तव्य ज्यान कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ