पाठक प्रदेश खेलकुद परिषद् गण्डकीको निमित्त सदस्यसचिव

पाठक प्रदेश खेलकुद परिषद् गण्डकीको निमित्त सदस्यसचिव

प्रदेश खेलकुद परिषद्मा निमित्तको पहिलो जिम्मेवारी पाठकलाई

keshav-pathak

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको निमित्त सदस्यसचिवको जिम्मेवारी परिषद् सदस्य केशव पाठकले पाएका छन् ।

सदस्यसचिव श्रीधर शर्मा १९ औं एसियन गेम्सको लागि चीनको हान्जाउ जानुपर्ने भएकोले उनले परिषद् सदस्य पाठकलाई असोज ५ देखि १३ गतेसम्मका लागि सदस्यसचिवको जिम्मेवारी दिएका हुन् ।

शर्माले जिम्मेवारी सुम्पेको पत्रमा भनिएको छ, ‘१९ औं एसियन गेम्सको खेलकुदको अध्ययन अवलोकनका लागि राखेपको बोर्ड निर्णयअनुसार म सदस्यसचिव चीनको हान्जाउ जानुपर्ने भएकोले मेरो अनुपस्थितिमा परिषद्को सामान्य दैनिक प्रशासन संचालन गर्न तपाईंलाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिएको छु ।’

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष पाठक पोखराका पुराना खेलकुद पत्रकार हुन् । विभिन्न संघसंस्थामा आबद्ध उनी पोखराबाट विशुद्ध खेल सम्बन्धित अनलाइन ‘पोखरा स्पोर्टस्’ का सञ्चालक सम्पादक हुन् ।

उनी नेपाल ह्याण्डबल संघको केन्द्रीय सचिवसमेत हुन्। प्रदेश खेलकुद परिषद्मा निमित्तको पहिलो जिम्मेवारी पाठकले प्राप्त गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds