यति एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिनका लागि गठित जाँचबुझ आयोगले अन्तिम प्रतिवेदनको मस्यौदा पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको छ ।
आयोगका संयोजक नागेन्द्रप्रसाद घिमिरेले बिहिबार मन्त्री किरातीलाई अन्तिम प्रतिवेदनको मस्यौदा बुझाएका हुन् । मस्यौदामा दुर्घटनाको कारण पहिचानका साथै आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने उपायबारे सुझाव समावेश रहेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका अनुसार कुन निकायले के काम गर्न आवश्यक छ भन्नेबाबरे मस्यौदामा उल्लेख छ । मन्त्रालयले मस्यौदा प्रतिवेदन प्रतिक्रियाका लागि अब अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड बमोजिम ६० दिनको समय दिएर सम्बद्ध मुलुक र निकायमा पठाउनेछ । प्रतिक्रिया प्राप्त भएपछि प्रतिवेदन सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।

२०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको नाइन एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै सेती नदीको खोचमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ७२ जनाको ज्यान गएको थियो ।
सरकारले त्यसै दिन पूर्वसचिव घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो । त्यो आयोगले दुर्घटनाको १ महिनापछि नै प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा इन्जिनमा अचानक पावर आउन छाडेपछि दुर्घटना भएको उल्लेख थियो ।
सम्बन्धित खबर
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
प्रधानमन्त्री बालेनको अपरिपक्व अभिव्यक्तिलाई परराष्ट्रमन्त्री खनालले संसदमा सच्याए
प्रधानमन्त्रीप्रति हर्कको कटाक्ष- सभामुखले बोलाउँदा आउनुहुन्न, बोकेर ल्याउने चलन छैन
बिवाईडीको कर प्रकरणमा एमालेको दाबी- ठोकेर भन्न सक्छौँ, घोटाला भएको छ
गृहमन्त्रीमा फर्किनेमा सुधन गुरुङ ढुक्क, भन्छन् – दुई महिना फोटो खिच्न कोही नआउनुहोला
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु