यति विमान दुर्घटनाको प्रतिवेदन बुझाइयो

यति विमान दुर्घटनाको प्रतिवेदन बुझाइयो

Yeti Plane-Crash

यति एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिनका लागि गठित जाँचबुझ आयोगले अन्तिम प्रतिवेदनको मस्यौदा पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको छ ।

आयोगका संयोजक नागेन्द्रप्रसाद घिमिरेले बिहिबार मन्त्री किरातीलाई अन्तिम प्रतिवेदनको मस्यौदा बुझाएका हुन् । मस्यौदामा दुर्घटनाको कारण पहिचानका साथै आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने उपायबारे सुझाव समावेश रहेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार कुन निकायले के काम गर्न आवश्यक छ भन्नेबाबरे मस्यौदामा उल्लेख छ । मन्त्रालयले मस्यौदा प्रतिवेदन प्रतिक्रियाका लागि अब अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड बमोजिम ६० दिनको समय दिएर सम्बद्ध मुलुक र निकायमा पठाउनेछ । प्रतिक्रिया प्राप्त भएपछि प्रतिवेदन सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।

२०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको नाइन एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै सेती नदीको खोचमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ७२ जनाको ज्यान गएको थियो ।

सरकारले त्यसै दिन पूर्वसचिव घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो । त्यो आयोगले दुर्घटनाको १ महिनापछि नै प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा इन्जिनमा अचानक पावर आउन छाडेपछि दुर्घटना भएको उल्लेख थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ